कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला आयो : देउवा

  ।   २९ फाल्गुन २०७७, शनिबार १९:४९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।कांग्रेसको केन्द्रीय महिला विभागद्वारा शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्न खोजेको बताउँदै देउवाले भनेका छन्। ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण हो । झुटा नारा दिएर, जनतालाई बहकाएर बहकाएर आफू सत्तामा बसिरहने बानी कम्युनिष्टमा हाबी भयो। ओली सरकार पनि उस्तै भयो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउन आवश्यक छ।

कांग्रेसले लोभ र हतार गर्न नहुने बताउँदै देउवाले परिस्थिति आइपर्यो भने सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट नभाग्ने दोहोर्याए। देउवाले भनेका छन्, ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ।

हाम्रो पार्टीले धेरै हतार गर्ने, लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन।’यस्तै देउवाले नेपालमा लोकतन्त्रका लागि लड्ने पार्टी कांग्रेस मात्रै भएको दाबी पनि गरेको जनाइएको छ।

Next Post

चौलानी नदीमा युवक मृत फेला:

२९ फाल्गुन २०७७, शनिबार १९:४९
बैतडी – चौलानी नदीमा आइतबार एक युवक मृत फेला परेका छन्।मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन्। कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए।रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन’, […]