सरकार गठनबारे छलफलका लागी ,जसपा नेताहरु देउवा निवासमा:

  ।   २८ फाल्गुन २०७७, शुक्रबार १७:३०

काठमाडौँ – विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न जसपाका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।भावी सरकार गठनबारे सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको जसपाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्नुअघि कांग्रेससँग कुराकानी गर्न पुगेको हो।

ओली नेतृत्वकै सरकारमा सहभागी हुने तयारी गर्दै केही दिनदेखि संवाद गर्दै आएको जसपाले शुक्रबार साँझ एमालेसँग निर्णायक छलफल गर्ने बताएका छन्।कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि जसपा नेताहरुसँग कुराकानी भइहरकोे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।जसपा नेताहरु पनि संसदीय दलको बैठकपछि देउवा निवास पुगेका हुन्।

Next Post

कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ:रामचन्द्र पौडेल

२८ फाल्गुन २०७७, शुक्रबार १७:३०
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र रक्षाका लागि कांग्रेस नेतृत्व आवश्यक भएको बताएका छन् । बागलुङमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले राष्ट्रियता र लोकतन्त्रमाथिको विकृति अन्त्य गर्न कांग्रेस नेतृत्व आवश्यक भएको बताएका हुन् । देश डुब्न लाग्दा कम्युनिस्टले केही गरेनन् भनेर बस्नुभन्दा पनि कांग्रेसले नेतृत्व […]