आज दिउँसोदेखि सुर्खेतसहित आसपासको मौसम प्रभावित हुने, सतर्कता अपनाउन सबैमा अपिल,

  ।   २८ फाल्गुन २०७७, शुक्रबार १२:५७

सुर्खेत । पश्चिमी वायुका कारण सुर्खेतसहित पहाडी र हिमाली जिल्लाहरुको मौसम प्रभावित हुने सक्ने जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जानकारी दिएको छ।

अरब सागर र भारतको जम्मु कश्मिर क्षेत्रबाट पश्चिमी वायु विस्तारै नेपाल प्रवेश गर्ने चरणमा रहेकाले दिउँसोदेखि सुर्खेतसहित आसपासको मौसम प्रभावित हुन सक्ने सम्भावना रहेको कार्यालयले बताएका हो ।

आज दिउँसो ३ बजेसम्म वायु नेपाल प्रवेश गर्ने र मुख्यगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरुमा हावाहुरी, चट्याङसहितको वर्षा हुने सम्भावना रहेको कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन।

Next Post

आदेश नआउँँदा छुटेनन् ‘विप्लव’का कार्यकर्ता

२८ फाल्गुन २०७७, शुक्रबार १२:५७
काठमाडौ  । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन् । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय […]