जितेबजारमा रहेको ,कर्णाली नदिमाथीको फेरी पुन संञ्चालनमा :

  ।   १९ फाल्गुन २०७७, बुधबार १७:४३

कालिकोट। गएको असारमा परेको भारी वर्षाले बगाएको कर्णाली नदिमाथीको फेरी पुन ९ महिनापछि सोही स्थानमा सञ्चालनमा आएको छ। उधोग वाणिज्य संघका उपाध्यक्ष कटक बुढा र अध्यक्षका प्रत्यासी दिलबहादुर शाहीद्धारा सयुक्त फेरीको उद्घाटन गरि संञ्चालनमा आएको छ ।

करिव एक महिनाको लामो प्रयासबाट फेरी सञ्चालनमा आएको हो । फेरी नहुदा कर्णाली करिडोरमा सञ्चालन भएका सवारीसाधन लाई आवतजावत गर्ने निकै कठिनाई रहेको र फेरी सञ्चालन भए पछि सो समस्या हट्ने उधोग वाणिज्य संंघका उपाध्यक्ष कटक बुढाले हिमाली प्रेसलाई बताए ।

फेरी नहुँदा जितेबवारको झोलगे पुलबाट महंगो मुल्यमा सामान मानिसद्धारा ओसारपसार गर्नुपर्ने भएकोले महंगो मुल्यमा समान गाउँमा पुग्ने गरेको थियो अव केही मुल्य सस्तो हुने आकलन गरिएको छ ।

Next Post

ताप्लेजुङको दोभान बजारमा आगलागीले ४० करोड क्षति,

१९ फाल्गुन २०७७, बुधबार १७:४३
काठमाडौ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको जनाइएको छ।