पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी :

  ।   १४ फाल्गुन २०७७, शुक्रबार १२:३७

काठमाडौँँ । नायक पल शाह र उनका सहायक कृष्णप्रसाद जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा कुटपिटको उजुरी परेको छ। म्यूजिक भिडियोको छायांकनका क्रममा धरान पुगेका शाह  र जाेशीले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानलाई हातपात गरेको उजुरी परेको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

बुधबार धरानकै एक होटलमा खाना खाने क्रममा आफूमाथि कुटपिट भएको भन्दै प्रधानले बिहीबार दिउँसो प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।उजुरीमा नायक शाह र उनका म्यानेजर जोशीले कुटपिट गरेको उल्लेख छ। कुटपिटको उजुरी परेसँगै प्रहरीले दुवै पक्षलाई शुक्रबार दिउँसो १ बजे छलफलका लागि कार्यालयमा बोलाएको बस्नेतले जानकारी दिए।

घटनाबारे नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा नायक शाहको चलचित्र धरानमा पूर्ण रुपमा रोक लगाउने चेतावनी दिइएको छ।घटनाको भत्सर्ना  गर्दै महासंघले नायक शाह र उनका सहयोगी जोशीले प्रहरी कार्यालयमा लिखित रुपमा माफी माग्नुपर्ने जनाएको छ।प्रधानका अनुसार फागुन १२ गते पल शाह र उनका दुई सहयोगी जोशी र अर्जुन चन्द धरानको एक होटलमा राति करिब साढे ९ बजे खाना खाने क्रममा विवाद भएको हो।

 

Next Post

वादी समुदायलाई प्रदेश सरकारले जग्गा दिन नसक्ने :मुख्यमन्त्री शाहीको भनाइ,

१४ फाल्गुन २०७७, शुक्रबार १२:३७
सुर्खेत। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पाँच दिनदेखि जग्गा पाउनुपर्ने माग राख्दै धर्नामा बसेका झण्डै २५० वादी समुदायका अगुवाहरूसँग शुक्रबार भएको छलफलमा  प्रदेश सरकारले जग्गा सम्बन्धी माग प्रदेश सरकारले पूरा गर्न नसक्ने तर अन्य माग भने सहजै पूरा गर्न सकिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । जग्गा दिनसक्ने […]