प्रत्येक वर्ष यसैगरि मनाउछन, हुम्लाका महिलाले चैतलो पर्व:

  ।   १३ फाल्गुन २०७७, बिहीबार १७:३२

धन बहादुर भण्डारी

हुम्ला।जिल्लाको सिमीकोट गाँउपालिकाका महिलाहरुले विशेष पर्वका रुपमा मनाइने चैतलोलाई धुमधामका साथ मनाएका छन।श्रीमानको हरेक मनोकांक्षा पूरा होस भनी भाकल गर्दै गाउँको सार्वजनिक स्थलमा गीत गाउँदै नाँचेर चैतलो पर्व मनाएका छन। हरेक वर्ष फागुन १२ गते देखी परम्परागत रुपमा शुरुहुने यो पर्व सिमकोट गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का महिलाहरुले धुमधामका साथ मनाइरहेको वार्ड न २ का स्थानिय धन बोहराले बताए ।

श्रीमान्‌को मनोकामना पूरा होस भनेर बिहानैबाट ब्रत बसेर नुहाई धुवाई गरेर महिलाहरु गीत गाउन जाने गर्छन्। गाउँको सार्वजनिक स्थलमा गाउँभरिका महिलाहरु परम्परागत पोशाक र गरगहना लगाएर भारी, चाँड्ची गीत गाएर नाच्नेको उनले बताइन्। शरीरमा गाउन लगाउने र पहेलो कपाड ओडेर गीत गाउँदै नाँच्ने महिलाको लस्कर निक्कै रमाइलो देखिन्छ।

उमेर अनुसार जेठीबाट कान्छी क्रमश दुई लाईनमा लाग्छन्। मुख्य गीत गाउने एक एक जना अगुवा हुन्छन् अरुले उनको गीतलाई साथ दिएर गाउने गर्छिन्। एक हप्ता अगाडिदेखि गीत गाउने अभ्यास पनि महिलाले गर्नु हुन्छ । देबी देवता र भगवानको प्राथनाका साथै दुई पक्षबिच सवाल जवाफ पनि हुने गर्छ। एक आपसमा मनका पीर मर्का पनि गीतबाटै ब्यक्त गर्ने गरिन्छ। एक वर्षमा घरमा मान्छे नमरेको प्रत्येक घरबाट एक जना महिला चैतलो नाँच्न जाने गरिन्छ। श्रीमान् बितेकी महिला भने उक्त गीत गाउन जानु हुन्‍न भन्‍ने सामाजिक मान्‍यता छ।

Next Post

बिरामी बोकेको जिप दुर्घटना हुँदा ,एक जनाको घटनास्थलमै मृत्यु:

१३ फाल्गुन २०७७, बिहीबार १७:३२
म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ […]