कोदालो प्रहार गरि एकजनाको हत्या, पाँचजना घाइते

  ।   ४ फाल्गुन २०७७, मंगलवार ११:१४
सांकेतिक फाइल फोटो
सांकेतिक फाइल फोटो

बागलुङ – बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठीक नभएका एक व्यक्तिले कोलादो प्रहार गर्दा स्थानीय एकजनाको ज्यान गएको छ । अरु पाँचजना घाइते भएका छन् ।

मानसिक सन्तुलन ठीक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ ।

अन्य घाइते ३८ वर्षीया देवी गौतम, उनका ६ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

कोदालो प्रहार गर्ने सोमबहादुरलाई दोबिल्ला प्रहरी चौकी अक्षतेको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको पौडेलले बताए ।

Next Post

नकारात्मक र सकारात्मक भावना कसरी पैदा हुन्छ ?

४ फाल्गुन २०७७, मंगलवार ११:१४
मान्छेमा स्वभावत: सकारात्मक र नकारात्मक भावनाहरू जागृत हुने गर्छ । अर्थात् सकारात्मक र नकारात्मक भावनाहरूको सन्तुलन मिलाएर नै मानिसको सृष्टि हुने गर्छ । जसरी हरेक सिक्काको दुई पाटा हुन्छ, त्यस्तै मानवीय भावनाहरूको पनि दुई पाटा हुन्छन्, सकारात्मक र नकारात्मक। सकारात्मक भावनाहरू जस्तै नकारात्मक भावनाहरू पनि जीवनको अत्यावश्यक अंश हुन् । […]