सुनको मूल्य घट्यो ,तोलामा सय रुपैयाँ मात्रै :-

  ।   ३ फाल्गुन २०७७, सोमबार ११:२८

काठमाडौँ । सुनको मूल्यमा सोमबार सामान्य गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य ९० हजार आठ सय थियो।तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले घटेर ९० हजार दुई सय रुपैयाँले कारोबार भइरहेको छ।तर चाँदीको मूल्य बढेको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

Next Post

कोदालो प्रहार गरि एकजनाको हत्या, पाँचजना घाइते

३ फाल्गुन २०७७, सोमबार ११:२८
बागलुङ – बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठीक नभएका एक व्यक्तिले कोलादो प्रहार गर्दा स्थानीय एकजनाको ज्यान गएको छ । अरु पाँचजना घाइते भएका छन् । मानसिक सन्तुलन ठीक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा […]