आगलागीमा परि दुई बालक शक्त घाईते, थप उपचारका लागि काठमाडौं पठाइयो :

  ।   ३० माघ २०७७, शुक्रबार १५:३९

 

फाइल फोटो

मुगु । जिल्लाको सोरु गाउपालिका २ नाथर्पु का दुई बालक आगलागीमा परि शक्त घाइते भएका छन। गएको बुधवार आगलागीमा परी देविलाल बुढाका छोरा वर्ष ५ का छार्पे बुढा र सोही वडाकै हरी शाहीका छोरा वर्ष ५ का दिल शाहीको आगलागीमा परी घाईते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार २ नंम्वर वडाकै लोकेन्द्र बुढाको ढुंगा र माटोले निर्माण गरेको खरको छानाको गोठमा आगो सल्केको थियो । गोठमा आगो बालेर ताप्ने क्रममा एक्कासी आगो सल्कि पुर्ण रुपमा गोठ जलि नष्ट भएको हो ।

जिल्लाप्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराई ले दिएको जानकारी अनुसार दुवै बालकका हात, खुट्टा जलेका छन् । आगलागीमा परी घाईते दुई बालकलाई शुक्रबार थप उपचारका लागि काठमाडौं पठाइएको छ। जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि आजै उपचारको लागि काठमाडौं पठाइएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।

Next Post

हुम्लाका बालबालिकालाई पत्रकार बानियाँद्वारा शैक्षिक सामग्री सहयोग :

३० माघ २०७७, शुक्रबार १५:३९
धन बहादुर भण्डारी हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयाको चुकेडी गाउँमा रहेका दाउरा बिक्री गर्ने बालबालिकालाई पत्रकार राजेन्द्र बानियाँले सहयोग गरेका छन् । यही माघ २३ गते परेको हिमपातपछि माघ २४ गते कापी, कलमलगायत घरखर्च चलाउनका लागि बाक्लो हिउँमा दाउरा बिक्री गर्न सदरमुकाम सिमकोट पुगेका बालबालिकालाई पत्रकार […]