रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गरियोस् – रामचन्द्र पौडेल

  ।   २९ माघ २०७७, बिहीबार १५:५०

काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।

पौडेलले बिहीबार ट्विट गर्दै भनेका छन्, ‘सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको छ । त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म  घोर भत्र्सना गर्दछु । बिनासर्त रिहा गरियोस् !’

Next Post

भाइले चलाएको बन्दुकको गोली लागेर दाजुको मृत्यु

२९ माघ २०७७, बिहीबार १५:५०
दाङ : भाइले चलाएको बन्दुकको गोली लागेर दाङको गढवा गाउँपालिका–२ मा दाइको मृत्यु भएको छ। मृत्यु हुनेमा ३९ वर्षीय इन्द्रबहादुर राना थापामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बुधवार दिउँसो करिब साढे २ बजेतिर वडा नम्ब। २ को चिमचिमे तिलतिले डाडाँमा सिकार खेल्न गएको बेला २७ वर्षीय सूर्यबहादुर राना थापामगरले […]