कर्णाली प्रदेशलाई कुपोषणमुक्त प्रदेश बनाउने प्रतिबद्धता : मुख्यमन्त्री शाही

  ।   २९ माघ २०७७, बिहीबार ११:१६

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई कुपोषणमुक्त प्रदेश बनाउने खालको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेर अघि बढ्ने बताए।उनले कर्णालीका नागरिकको प्रारम्भिक स्वास्थ्यसम्बन्धीको ज्ञान पाठ्यक्रममा नै उल्लेख गर्नुपर्नेमा पनिजोड दिए।

कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा बुधबार आयोजित बहुक्षेत्रीय पोषण योजनासम्बन्धीे अभिमुखीकरण कार्यक्रममा उनले यहाँका नागरिक खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका हुन् ।उनले भने,“कर्णालीमा कुपोषणलगायतका थुप्रै रोग छन्”यसका लागि तालिम एवं प्रशिक्षण होइन,पोषणसम्बन्धी जनस्तरसम्म शिक्षा चाहिएको छ।”

कर्णालीमा भोक लागेपछि मात्र खाने अवस्था विद्यमान छ भन्दै,पोषणसम्बन्धी शिक्षा,प्रारम्भिक स्वास्थ्यसम्बन्धीको ज्ञान पाठ्यक्रममा नै उल्लेख गर्नुपर्नेप्रति लक्षित गर्दै अगाडी बढ्न जोड दिए।

Next Post

प्रहरीले रामकुमारी झाँक्रीलाई राज्य विरुद्धको कसूर लगाउँदै पक्राउ

२९ माघ २०७७, बिहीबार ११:१६
काठमाडौं : नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीले उनलाई पक्राउ पूर्जी दिएको छ। राज्यविरुद्धको कसुर, दफा ५८ अनुसार प्रहरीले झाँक्रीलाई पक्राउ पूर्जी दिएको हो। यो दफामा ‘बल प्रयोग गरी वा नगरी राष्ट्रपति वा संसद्‌लाई कुनै किसिमको धम्की दिने वा डरत्रास देखाउने वा दबाब दिने कसूर’ उल्लेख छ। यस्तो कसूर गर्नेलाई ७ वर्षसम्म […]