कालिकोटको शान्नि त्रिवेणी गाउँपालिकाले गर्यो यस्तो निर्णय,नागरीकलाई निशुल्क स्वास्थ्य विमा गर्ने,

  ।   २८ माघ २०७७, बुधबार १४:०३

दान बहादुर खत्री
कालिकोट ।

जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका आफ्ना नागरीकहरु लाई निशुल्क स्वास्थ्य विमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको वैठकले आफनो गाउँपालिका भित्रका विषेश गरी, दलित, एकल महिला,र शहिद परिवारहरुका लागी गाउँपालिकाले २० लाख रकम विनियोजन गरी विमा सुरु गर्ने जनाएको छ ।

यहाँका नागरीकहरुले अझैपनी औषधी उपचार नपाएरै ज्यान गुमाउनु पर्ने वाध्यताको अन्त्य गर्न गाउँपालिकाले एक घरको पाँच जनाको विमा गर्ने गाउँपालिका अध्यक्ष डम्वर बहादुर शाहीले जानकारी दिए । उनका अनुसार, धरैजसो नागरिकले बिरामी परेमा मात्र अस्पताल जाने नत्र भने, स्वास्थ्य चेकजाँज नगर्ने भएको हुदा गाउँपालिकाले आफ्नो नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले बताए ।

यसले गर्दा अव नियमित स्वास्थ्य जाँच गर्ने विश्वास लिएका छौँ । आर्थिक अवस्था कमजोरका साथै जनचेतनाको अभावले पनी स्वास्थ्य ।संस्थामा नियमित उपचार गदैनन् । अव निशुल्क भएपछी गाउँपालिका भित्रका नागरिकहरुले रोग पालेर बस्ने छैनन् ।
कालिकोटमा आफनो नागरीकहरुका लागी निशुल्क स्वास्थ्य विमा गर्ने पहिलो गाउँपालिका पनी रहेको छ । पहिलो पटक आफनो नागरीकहरुको लागी गरेको निर्णयको सवैले मुक्तकष्ठले प्रशंसा गरेका छन ।

Next Post

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहको काठमाडौँमा विशाल प्रदर्शन

२८ माघ २०७७, बुधबार १४:०३
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध तथा सरकारले गरेको संवैधानिक नियोगमा असंवैधानिक नियुत्तीको कदम विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।५ पुसमा संसद विघटन भएपछि […]