राष्ट्रिय स्तरमै एसईई परीक्षा,पुरानै शैली र संरचनामा सञ्चालन गर्ने तयारी,

  ।   २८ माघ २०७७, बुधबार ११:०३

 

काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ । कानुनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अब अगाडि बढ्न बाटो खुलेको बताए । प्रदेशलाई एसईई सञ्चालन गर्न स्पष्ट कानुन तथा परीक्षा सञ्चालन गर्न सक्ने विश्वसनीय संस्थाको अभावमा बोर्डले नै परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको पौडेलले  जानकारी दिए।

Next Post

कालिकोटको शान्नि त्रिवेणी गाउँपालिकाले गर्यो यस्तो निर्णय,नागरीकलाई निशुल्क स्वास्थ्य विमा गर्ने,

२८ माघ २०७७, बुधबार ११:०३
दान बहादुर खत्री कालिकोट । जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका आफ्ना नागरीकहरु लाई निशुल्क स्वास्थ्य विमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको वैठकले आफनो गाउँपालिका भित्रका विषेश गरी, दलित, एकल महिला,र शहिद परिवारहरुका लागी गाउँपालिकाले २० लाख रकम विनियोजन गरी विमा सुरु गर्ने जनाएको छ । यहाँका नागरीकहरुले अझैपनी […]

सम्बन्धित