आज पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना

  ।   २८ माघ २०७७, बुधबार ०८:४७

काठमाडौ । आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको  मौसमविद् निराजन सापकोटाले बताएका छन।

काठमाडौ र आसपासका क्षेत्रमा भने पानी पर्ने सम्भावना नरहेको सापकोटा को भनाइ छ । यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिए।

उनका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव समेत रहेको उनले बताएका छन।

 

Next Post

राष्ट्रिय स्तरमै एसईई परीक्षा,पुरानै शैली र संरचनामा सञ्चालन गर्ने तयारी,

२८ माघ २०७७, बुधबार ०८:४७
  काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले […]