क्यान्सर पिडित श्रीमानलाई बचाउनका लागि सहयोगको अपिल

  ।   २७ माघ २०७७, मंगलवार १५:५३

बाके।  बिगत एकवर्ष देखि क्यान्सर रोगसँग लड्दै आएका आफ्नो श्रीमानको तत्काल बोनम्यारो अप्रेसन गर्नुपर्ने भएको र आफुहरुसंग आर्थिक अभाव भएको हुदा श्रीमानलाई बचाउन सहयोग गरिदिनु हुनका लागि भेरी अस्पताल नेपालगन्जमा कोभिड वार्डमा कार्यरत नर्स सुनिता कुमारी सहकारीले अनुरोध गरेकी छिन् ।

हाल उनको श्रीमानको काठमाण्डौंको पाटन अस्पतालको बेड नं २८२ मा उपचार भइरहेको र उनको अप्रेसन गर्नु पर्ने भएकोले सहयोगको अपिल गरेको उनले बताइन् । घरको आर्थिक स्थिति दयनीय भएको हुदा सबैलाई हारगुहार गरेको उनले बताइन् । उनले सहयोग मागेका पत्र यस्तो रहेको छ ।

हजूरहरु समक्ष यसरी कुनै दिन जीवनको सबै भन्दा तितो सत्य लाई दर्शाउदै सहयोगको हात बढाउन आग्रह गर्नेछु भन्ने सोचेको त थिएन तर अवस्था र परिस्थितिले बाध्य बनाइदियो।

मेरो श्रीमान भरत बहादुर बुढा विगत १ वर्ष देखि क्यान्सर पिडित भएर नियमित औषधि खाँदै हुनुहुन्थ्यो । अहिले आएर अवस्था जटिल भएपछि १० दिन अगाडि देखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको बेड नं २८२ मा भर्ना गराइ किमो थेरापिको उपचार गराई रहेको र तत्काल बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने कुरा सबैलाई जानकारी गराउन चाहन्छु । यस अवस्थामा मलाई आर्थिक समस्याले कठिन मोडमा उभ्याईदिएको छ । त्यसैले हजुरहरुको सानो सहयोगले मेरो श्रीमानको अवस्थामा सुधार गर्न ठूलो भुमिका खेल्नेछ । हजुरहरु सबैको सहयोगी भावनाले यो रोगसँगको लडाई हामीले जित्न सक्नेछौ । सहयोगी हातहरु अगिबढि सकेकाछन् । ज जसले अहिलेसम्म सहायोग गर्नु भयो उहाँहरु प्रति म आभारी छु । हजुरहरुको सहयोगले मेरो श्रीमानलाई निको हुनेछ भन्नेमा मलाई थप आशावादि र उर्जाशिल बनाएको छ। हजुरहरुको सहयोगको अपेक्षा गर्दछु।
एन आइ सी बैक खाता नम्बर -2087621718524001
खातावालाको नाम स् सुनिता कुमारी सहकारी
मो नम्बर ९८४४८८३३९५ मा सम्पर्क गरिदिन जानकारी गराइन्छ। यो समाचार नागरिक समाजबाट सभार गरिएको हो।

Next Post

आज पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना

२७ माघ २०७७, मंगलवार १५:५३
काठमाडौ । आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको  मौसमविद् निराजन सापकोटाले बताएका छन। काठमाडौ र आसपासका क्षेत्रमा भने पानी पर्ने सम्भावना नरहेको सापकोटा को भनाइ छ […]