अष्ट्रेलियन डेभ वाटमोर अहिले नेपालको मुख्य प्रशिक्षक भई , नेपाली खेलाडीको खेल कौशल नियाल्दै

  ।   २७ माघ २०७७, मंगलवार १५:१३

काठकाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वाटमोरले पहिलो पटक राष्ट्रिय टिममा परेका चार खेलाडी र पुनरागमन गर्न सक्ने सम्भावना भएका खेलाडीको क्षमता हेर्न पहिलो चरणमा २१ खेलाडीलाई मात्र प्रशिक्षणमा राखेका हुन् ।

यो चरणमा प्रधानमन्त्री कप क्रिकेटमा राम्रो प्रदर्शन गरेका प्रदेश २ का विवेक यादव, गण्डकी प्रदेशका अर्जुन कुमाल, कर्णाली प्रदेशका अनुज चुनारा र सुदूरपश्चिमका खड्ग बोहरा पनि सहभागी छन् ।
दुई चरणमा प्रशिक्षण गर्नुको कारण हो नयाँ मुख्य प्रशिक्षक डेभ वाटमोरको आगमन । श्रीलंकालाई विश्वकप जिताइसकेका र पाकिस्तान, बंगलादेश, जिम्बावेजस्ता टेष्ट मान्यताप्राप्त राष्ट्रको प्रशिक्षक रहिसकेका अष्ट्रेलियन वाटमोर अहिले नेपालको मुख्य प्रशिक्षकको रुपमा छन् ।

Next Post

क्यान्सर पिडित श्रीमानलाई बचाउनका लागि सहयोगको अपिल

२७ माघ २०७७, मंगलवार १५:१३
बाके।  बिगत एकवर्ष देखि क्यान्सर रोगसँग लड्दै आएका आफ्नो श्रीमानको तत्काल बोनम्यारो अप्रेसन गर्नुपर्ने भएको र आफुहरुसंग आर्थिक अभाव भएको हुदा श्रीमानलाई बचाउन सहयोग गरिदिनु हुनका लागि भेरी अस्पताल नेपालगन्जमा कोभिड वार्डमा कार्यरत नर्स सुनिता कुमारी सहकारीले अनुरोध गरेकी छिन् । हाल उनको श्रीमानको काठमाण्डौंको पाटन अस्पतालको बेड नं २८२ […]