देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात, काठमाण्डौमा हल्का पानी पर्ने सम्भावना

  ।   २३ माघ २०७७, शुक्रबार १३:००

काठमाडौ  – अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले बताए। यी क्षेत्रमा पश्चिमी वायुको प्रभाव हिजोदेखि नै परेको थियो । पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको छ।

प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने मौसमविद् अर्यालले बताएका छन। यसअघि यो प्रणालीका कारण देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिए पनि अनुमान गरिएभन्दा प्रणाली कमजोर बन्दै गएकाले हल्का वर्षा मात्रै हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए।

पश्चिमी वायुको प्रणाली मध्य क्षेत्रमा समेत आइसक्नु पर्नेमा पश्चिमी क्षेत्रमा नै अड्किएको उनले बताए। आज काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मध्य र पूर्वमा  क्षेत्रमा यो प्रणालीको प्रभाव भोलिसम्म नै रहनेछ।

Next Post

सभामुख सापकोटाले दायर गरेको मुद्दाको सुनुवाइ न्यायाधीश ढुंगानाको बेञ्चमा

२३ माघ २०७७, शुक्रबार १३:००
काठमाडौं :  संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा  दायर गरेको रिटमथि आज सुनुवाइ हुँदै छ। सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेको रिटमाथि आज न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेञ्चमा सुनुवाइ हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत […]