भोली हुने ओली समूहको सभा पञ्चायतकाल को पञ्चर्‍याली जस्तै हो – प्रचण्ड

  ।   २२ माघ २०७७, बिहीबार १२:५८

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले गरेका भेलालाई पञ्चर्‍यालीको संज्ञा दिएका छन्।पार्टीले आयोजना गरेको विरोध प्रदर्शनमा सातदोबाटो पुगेका अध्यक्ष प्रचण्डले भोलि ओली समूहले राजधानीमा गर्न लागेको सभालाई प्रचण्डले पञ्चर्‍यालीको संज्ञा दिएका हुन्।

उनले सरकार आफैंले जुलुस निकाल्नु भनेको पञ्चायतमा निकालिने पञ्च र्‍यालीजस्तै भएको बताए। आफैं संविधान मिच्ने, संसद् विघटन गर्ने अनि मानिस भेला पार्ने भनेको पञ्चर्‍याली नै हो, पञ्चायतमा पञ्चहरुले पैसा दिएर लाखौं मानिस सडकमा उतार्थे ओलीले त्यस्तै गरेका छन्’ प्रचण्डले भने संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगहरुमा नियुक्त गरिएको छ। यो जंगल राजजस्तो भयो।

Next Post

प्रचण्ड-नेपाल को हडतालको क्रममा ओली पक्षले निकाल्यो राजधानीमा जुलुस

२२ माघ २०७७, बिहीबार १२:५८
काठमाडौ। नेकपा केपी ओली समूहले आज राजधानीमा जुलुस निकालेको छ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच ओली समूहले जुलुस निकालेको हो । नेकपा नेता महेश बस्नेतको नेतृत्वको आन्दोलनमा सहभागीहरुले अघि बढ केपी बा ज्यान दिन तयार छौं, आजको लागि मात्र होइन भोलिलाई १० वर्ष ओलीलाई, नेकपा जिन्दावाद’लगायतका नारा लगाएका थिए ।