कोरोनाका कारण जापानमा छ हजार बढिको मृत्यु

  ।   २२ माघ २०७७, बिहीबार ०९:२५

शैलेन्द्र बिक्रम बिडारी ।

एजेन्सी । जापानमा कोरोना भाईरस(कोभिड १९)बाट सन्क्रमित ६००० बढीको निधन भएको जापानी समाचार संस्था एन यच के ले जनाएको छ ।

गत २४ घण्टामा जापान १२० जना सन्क्रमितको निधन भएसगै हाल सम्म निधन हुनेको संख्या छ हजार पचासी  पुगेको छ। गएको जनवरी २३ तारिख बाट २ हप्ता नबित्दै एक हजार भन्दा बढीको निधन भएको छ ।

कोरोना कै कारणले मृत्‍यु हुनेको संख्या  गएको बर्ष जुलाई २० तारिखमा एकहजार जनाको थियो भने लगभग ४ महिनामा दुइहजार पुगेको थियो । त्यसको १ महिनामा डिसेम्बर २२ तारिखमा मृत्‍यु हुनेको संख्या तिनहजार पुगेको थियो भने मात्र २० दिनपछी मृत्‍यु हुने को संख्या चारहजार पुगेको थियो।

२ हप्ता पछी जनवरी २३ तारिखमा मृत्‍यु हुनेको संख्या पाँचहजार पुगेको पनि समाचारमा जनाइएको छ। गत २४ घण्टामा थप २,६३१ जनामा कोरोना पुष्टी भएको विभिन्न संचार माध्यमहरुले जनाएका छन।

Next Post

आमहडताल सफल पार्न प्रचण्ड पनि सडकमा

२२ माघ २०७७, बिहीबार ०९:२५
काठमाण्डौ – नेकपाको प्रचण्ड नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल बनाउनका लागी  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्किएका छन। ललितपुर स्थिति सातदोबाटो आफ्नो निवास नजिकै चोकमा आन्दोलन सफल पार्न उनि निस्किएका हुन। बुधवारको आम हड्तालको लागि पार्टीले विभिन्न नेताहरुलाई विभिन्न ठाउँको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ । अष्टलक्ष्मी […]

सम्बन्धित