किनिन् अमेरिकन च्याम्पियन फुटबल क्लब,ग्राण्डस्लाम विजेता ओसाकाले-

  ।   १६ माघ २०७७, शुक्रबार १५:०४

काठमाडौं ।   तीन पटककी ग्राण्डस्लाम टेनिस विजेता नाओमी ओसाकाले अमेरिकन व्यावसायिक महिला फुटबल टिम नर्थ कारोलिना करेजमा लगानी गरेकी छिन् ।चार वर्षअघि    स्थापना भएको उक्त क्लबले अमेरिकाको उच्च लिग नेसन्स वुमन्स सकर लिगमा प्रतिस्पर्धा गर्ने गर्छ ।

२३ वर्षीया ओसाकाले क्लबमा कति लगानी गरेकी छिन् भन्ने खुलाएकी छैनन् । ओसाकाले जसले आफूमाथि लगानी गर्‍यो त्यसले गर्दा आफू अहिलेको स्थानमा भएको बताइन् । ‘मलाई थाहा छैन तिनीहरुविना म अहिले कहाँ हुने थिएँ,’ ओसाकाले भनिन्, ‘मेरो करियरभरी नै मैले मेरो महिला एथ्लेटिकबाट धेरै माया पाएको छु । त्यसैले नर्थ कारोलिना करेजको मालिक भएको कुरा सार्वजनिक गर्न पाउँदा म गौरवान्वित छु ।’

क्लबले सन् २०१७ मा स्थापना भएदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । कारोलिनाले सन् २०१८ र २०१९ मा नेसनल वुमन्स सकर लिग च्याम्पियनसिप जितेको थियो । दुवै पटक टबेल र प्लेअफमा शीर्ष स्थानमा थियो ।

ओसाका भने अहिले अष्ट्रेलियन ओपनको तयारीमा छिन् । विश्व नम्बर तीन खेलाडी ओसाकाले २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिइन् भने २०१८ र २०२० मा युएस ओपन जितेकी थिइन् ।

Next Post

कक्षा ११ र १२ मा अनिवार्य गणित र सामाजिक मध्ये एक विषय पढ्नै पर्ने

१६ माघ २०७७, शुक्रबार १५:०४
काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको […]