काग्रेस अधिबेशन : गाउँपालिका अध्यक्ष ओलीद्वारा सचिव पदमा उम्मेदवारी

  ।   ८ मंसिर २०७८, बुधबार १४:५४

दैलेख। नेपाली काँग्रेस दैलेखको पालिका प्रदेश क्षेत्र तहको अधिबेशन सकिए लगतै जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सचीवमा अधिकांस युवा नेता आकांक्षी देखिएका छन।

करिब जिल्लामा आधा दर्जन नेता आकांक्षी भएपनि युवाहरु हावी हुने संकेत देखिएको छ। युवापुस्ताको हाबी हुने क्रममा जिल्लाको सचीवमा गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले उम्मेदवारी दिएका छन।

आकांक्षी ओलीले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेताहरुसंग छलफलमा लागेका छन। वडा, गाउँपालिका र प्रदेश क्षेत्रस्तरीय अधिबेशन आफ्नो पकड कायम राखेका ओली अहिले दौडधुप निकै बढाएका छन।

पौडेल पक्षबाट सचिवको उम्मेदवारी दिने खेमराज ओलीको नाम अहिले निकै चर्चामा छ। नेता ओलीले  अधिक युवा जमातको मत ल्याउने आकलन रहेको छ।

युवाको जोस र बृद्धको होस बाटै काग्रेस पार्टीलाई अगाडि बढाउने पार्टी लाई अझै माथी उचाइसम्म कसरी पुर्याउने भन्ने बारे सबै संग बसेर छलफल गरेरै सहकार्य गर्ने र सबैको आत्मसम्मान काग्रेसजनको सिर उच्च हुनेगरी पार्टी संचालन गर्ने उनको भनाइ रहेको छ।

दैलेखको पार्टीको नेतृत्व युवाहरुलाई दिनुपर्ने अधिकाश पार्टी पन्तीको माग रहेको छ। दैलेखको चुनावी नतिजा हेर्दा संथापन देउवा पक्षको भन्दा पौडेल पक्षको सम्भावना बलियो नै देखिन्छ।

Next Post

काग्रेस अधिबेशन : गुराँस गाउँपालिका अध्यक्षद्वारा जिल्ला सचीवको उम्मेदवारी

८ मंसिर २०७८, बुधबार १४:५४
दैलेख। नेपाली काँग्रेस दैलेखको पालिका प्रदेश क्षेत्र तहको अधिबेशन सकिए लगतै जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सचीवमा अधिकांस युवा नेता आकांक्षी देखिएका छन। करिब जिल्लामा आधा दर्जन नेता आकांक्षी भएपनि युवाहरु हावी हुने संकेत देखिएको छ। युवापुस्ताको हाबी हुने क्रममा जिल्लाको सचीवमा गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले उम्मेदवारी दिएका छन। […]