कोरोना अपडेट ४४० संक्रमित थपिए, ४७४ जना संक्रमणमुक्त

  ।   २४ कार्तिक २०७८, बुधबार १७:४१

सुर्खेत  । नेपालमा बुधबार थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ५ हजार ४ सय ७ पीसीआर परीक्षणका क्रममा ३ सय ८७ जना र १ हजार ४ सय ७ एन्टीजेन परीक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार ७ सय ३८ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ।

त्यस्तै थप ४ सय ७४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९६ हजार ७ सय ८० जना निको भएका छन्। हाल नेपालमा ७ हजार ५ सय १९ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Next Post

काग्रेस अधिबेशन : गाउँपालिका अध्यक्ष ओलीद्वारा सचिव पदमा उम्मेदवारी

२४ कार्तिक २०७८, बुधबार १७:४१
दैलेख। नेपाली काँग्रेस दैलेखको पालिका प्रदेश क्षेत्र तहको अधिबेशन सकिए लगतै जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सचीवमा अधिकांस युवा नेता आकांक्षी देखिएका छन। करिब जिल्लामा आधा दर्जन नेता आकांक्षी भएपनि युवाहरु हावी हुने संकेत देखिएको छ। युवापुस्ताको हाबी हुने क्रममा जिल्लाको सचीवमा गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले उम्मेदवारी दिएका छन। […]