एमाले महाधिवेशन : प्रत्येक सदस्यले कम्तीमा १०० रुपैयाँ उठाउनुपर्ने

  ।   २४ कार्तिक २०७८, बुधबार १७:०१

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको १०औं महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा १०० रुपैयाँ सङ्कलन गर्ने निर्णय गरेको छ।

बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान, काठमाडाैँमा बसेको महाधिवेशन मूल व्यवस्थापन समितिले यो निर्णय गरेको केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए।

त्यसका लागि पार्टीले खाता खाेलेकाे जानकारी दिए। ‘पार्टीले त्यसका लागि भनेर खाता खाेलेकाे छ। त्यसमा कम्तीमा प्रत्येक सदस्यले १०० रुपैयाँ पठाउनुपर्ने छ। आजकाे मूल व्यवस्थापन समितिकाे बैठकले याे निर्णय गरेकाे हाे,’ प्रमुख भट्टराईले भनेका छन्।

यथास्थितिमा एमालेसँग ७ लाख ३० हजार पार्टी सदस्य रहेको प्रमुख भट्टराईले दाबी गरे। उनीहरू प्रत्येकबाट १०० रुपैयाँका दरले जम्मा हुँदा खातामा ७ करोड ३० लाख हुने उनले बताए। यो रकमले देशभरीका कार्यकर्ताहरूको व्यवस्थापनसँगै मित्रराष्ट्रहरूबाट आउनुहुने पाहुनाहरू र पार्टीका विभिन्न संगठनहरूबाट आउनुभएका प्रतिनिधिहरूको सम्मान र व्यवस्थापनामा सहयोग पुग्ने अपेक्षा समेत पार्टीले गरेको छ।

Next Post

गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ : माधव नेपाल

२४ कार्तिक २०७८, बुधबार १७:०१
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच आगामी निर्वाचनमा मिलेर जाने सहमति भएको बताएका छन्। बुधबार डडेलधुरामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। अहिले पाँच दलको गठबन्धन सरकार बनेको छ, उनले भने, पाँचै दलबीच आउने चुनावमा पनि मिलेर जाने सहमति भएको छ। अध्यक्ष […]