घाटमा नुहाउने क्रममा एकको मृत्यु‚ एक बेपत्ता

  ।   २४ कार्तिक २०७८, बुधबार १६:३२

सुर्खेत  । मोरङको रंगेलीमा छठका लागि घाट बनाएर नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

रंगेली नगरपालिका ८ को बक्राह खोलामा नुहाउने क्रममा भारतको मध्येपुरा सिंघेश्वर ग्रामथान पञ्चायत घर भएका २६ वर्षीय विट्टु साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही स्थानका १८ वर्षीय राजकुमार साह खोलामा बेपत्ता भएकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रंंगेलीले जनाएको छ।

Next Post

एमाले महाधिवेशन : प्रत्येक सदस्यले कम्तीमा १०० रुपैयाँ उठाउनुपर्ने

२४ कार्तिक २०७८, बुधबार १६:३२
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको १०औं महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा १०० रुपैयाँ सङ्कलन गर्ने निर्णय गरेको छ। बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान, काठमाडाैँमा बसेको महाधिवेशन मूल व्यवस्थापन समितिले यो निर्णय गरेको केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए। त्यसका लागि पार्टीले खाता खाेलेकाे जानकारी दिए। ‘पार्टीले त्यसका लागि भनेर […]