देशभर चिसो बढ्यो, जुम्लामा माइनस दुई डिग्री

  ।   २४ कार्तिक २०७८, बुधबार १३:५८

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ।

“तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ।

दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। रासस

Next Post

पूर्वराजा ज्ञानेन्द्रलाई प्रधान मन्त्रीको चेतावनी- शासन व्यवस्थाविरुद्ध नलाग्नुस्

२४ कार्तिक २०७८, बुधबार १३:५८
काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलई शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन्। अनावश्यक शासन नलाद्न चुनौती दिँदै प्रधान मन्त्री देउवाले भने, ‘शासन नै गर्ने हो भने चुनाव लडेर आउनुस्। यत्तिकै शासन व्यवस्थाविरुद्ध नलाग्नुस्।’ बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले काठमाडाैँकाे शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले […]