अस्पतालमा आगलागी हुँदा ४ बालबालिकाको जलेर मृत्यु,

  ।   २३ कार्तिक २०७८, मंगलवार १८:०६

भारत । मध्यप्रदेशको राजधानी भोपालस्थित हमीदिया अस्पताल परिसरमा रहेकाे कमला नेहरु चिकित्सालयमा साेमबार आगलागी हुँदा ४ बालबालिकाको ज्यान गएको छ। अस्पतालमा रहेका ४० बालबालिकामध्ये ३६ जनाको सकुशल उद्धार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

ज्यान गुमाएकाका परिवारलाई चार/चार लाख रुपैयाँ राहत दिने त्यहाँको प्रदेश सरकारले घोषणा गरेको छ। यस्तै घटनाबारे थप अनुसन्धान गर्न मुख्यमन्त्री शिवराज सिंह चौहानले निर्देशन दिएका छन्।

Next Post

देशभर चिसो बढ्यो, जुम्लामा माइनस दुई डिग्री

२३ कार्तिक २०७८, मंगलवार १८:०६
काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ। “तत्काललाई पानी पर्ने सम्भावना […]