सुनको मूल्य घट्यो चाँदीको स्थिर

  ।   २३ कार्तिक २०७८, मंगलवार १७:५७

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ ।

Next Post

अस्पतालमा आगलागी हुँदा ४ बालबालिकाको जलेर मृत्यु,

२३ कार्तिक २०७८, मंगलवार १७:५७
भारत । मध्यप्रदेशको राजधानी भोपालस्थित हमीदिया अस्पताल परिसरमा रहेकाे कमला नेहरु चिकित्सालयमा साेमबार आगलागी हुँदा ४ बालबालिकाको ज्यान गएको छ। अस्पतालमा रहेका ४० बालबालिकामध्ये ३६ जनाको सकुशल उद्धार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाएकाका परिवारलाई चार/चार लाख रुपैयाँ राहत दिने त्यहाँको प्रदेश सरकारले घोषणा गरेको छ। यस्तै घटनाबारे थप […]

सम्बन्धित