सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

  ।   ८ कार्तिक २०७८, सोमबार ११:५४

सुर्खेत । काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरू पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता श्यामकुमार महतोकाअनुसार उनीहरूलाई सोमबार बिहान साढे १० बजे पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरू अनुसन्धान ब्यूरोकै कार्यालयमा राखिएको प्रवक्ता महतोले बताए। ‘उनीहरूलाई यही कार्यालयमा राखिएको छ। उनीहरूमाथि थप बुझ्ने काम भइरहेको छ,’ प्रवक्ता महतोले भने, ‘के हुन्छ भन्ने अब थप अनुसन्धानपछि थाहा हुन्छ ।’

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद गरिएको उनले बताए। बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीले ठहर गरेको छ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरू भागेर भारत हुँदै नेपाल प्रवेश गरेको बताइएको छ। उनीहरू रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको पाइएको छ।

Next Post

आज सर्वोच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

८ कार्तिक २०७८, सोमबार ११:५४
सुर्खेत । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक फुलकोर्ट बोलाएका छन्। जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन्। मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ। न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ। न्यायाधीशहरुले इजलास […]