भारतमा १६ हजार बढी नयाँ सङ्क्रमित थपिए

  ।   ८ कार्तिक २०७८, सोमबार ११:४३

भारत । भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै मृतकको सङ्ख्या ४५३,७०८ पुगेको छ। सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी हालसम्म ३३,५३२,१२६ जना सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् । रासस

Next Post

सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

८ कार्तिक २०७८, सोमबार ११:४३
सुर्खेत । काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरू पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता श्यामकुमार महतोकाअनुसार उनीहरूलाई सोमबार बिहान साढे १० बजे पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरू अनुसन्धान ब्यूरोकै कार्यालयमा राखिएको प्रवक्ता महतोले बताए। ‘उनीहरूलाई यही कार्यालयमा राखिएको छ। उनीहरूमाथि थप बुझ्ने काम भइरहेको छ,’ प्रवक्ता महतोले भने, […]