बम विस्फोटहुँदा सुर्खेतमा दुई जना घाइते

  ।   ६ कार्तिक २०७८, शनिबार १४:३७

सुर्खेत । वेवासिरे अवस्थामा छाडिएको वम विस्फोटहुँदा सुर्खेतमा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर–७ कटकुवा सामुदायिक वनमा घाँस दाउरा संकलन गर्ने क्रममा वेवारिसे वम विस्फोटहुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा वीरेन्द्रनगरका १४ वर्षीय नरेश नेपाली र गुराँस गाउँपालिका–६ दैलेखका २१ वर्षीय लिला परियार छन् ।

उनीहरुको देउती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि आँखा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । मुखमा छर्रा लागेकाले नरेशको आँखा अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाले केही समय पहिले कटकुवा क्षेत्रमा अस्थायी तालिम सञ्चालन गरेकाले सो क्रममा वम छुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

Next Post

बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन – अध्यक्ष श्रेष्ठ

६ कार्तिक २०७८, शनिबार १४:३७
  काठमाडौँ ।नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लव नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष श्रेष्ठले बार प्रतिनिधिहरुले आइतबार प्रधानन्यायाधीशसँग भेट्ने कार्यक्रम रहेको बताएका हुन्।‘हामीले अहिले प्रधानन्यायाधीशको राजीनामा मागेका छैनौं’, उनले भने, ‘हामी छलफलमै छौं। भोलि उहाँलाई भेट्ने […]