कांग्रेसमा पुस्तान्तरण होइन, रुपान्तरण आवश्यक छ : वरिष्ठ नेता पौडेल

  ।   १८ आश्विन २०७८, सोमबार १४:०१

तनँहु।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन्।दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याएका हुन्।

एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उनले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसको १४औँ महाधिवेशनले नयाँ सन्देश दिने पौडेलको भनाइ छ।

कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ‘नेताहरुको व्यवहार, आचरणले राजनीतिप्रति वितृष्णा छ, त्यसलाई अन्त्य गर्नुपर्छ।’

कांग्रेसले भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्न सक्नुपर्ने बताउँदै उनले भने, ‘आज जनताले त्यस्तो कांग्रेसको खोजी गरिरहेका छन्। चौधौँ महाधिवेशनबाट त्यस्तो पार्टी बनाउने हो। धु्रवीकरणमा नलागी कांग्रेस एक बनाउन लागौँ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सङ्गठनलाई बलियो बनाउन नयाँ पुस्ता र नयाँ विचार आवश्यक रहेको धारणा व्यक्त गरे।@रासस

Next Post

ओलीसंग रिसाएका प्रभु साहले प्रकाण्डलाई भेटे

१८ आश्विन २०७८, सोमबार १४:०१
काठमाडौं । नेत्रविक्रम चन्द विपल्व नेतृत्वको नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्ड, पूर्वमन्त्रीद्धय प्रभु साह र मणिचन्द्र थापा बीच आज भेटघाट भएको छ । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका थापा, असन्तुष्ट नेता साह, र प्रकाण्डबीच पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बाताइएको छ । काठमाडौंको शान्तिनगर स्थित नेता साहको निवासमा पछिल्लो […]

सम्बन्धित