बुद्ध एयरकाे विमान ल्यान्डिङ गियरमा समस्या आएपछि काठमाडौँ फर्कियो

  ।   ११ आश्विन २०७८, सोमबार १५:२६

काठमाडौँ ।  ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको विमान ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण नगरी काठमाडौँ फर्किएको छ।उक्त विमान केही बेरअघि मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेकाे र समस्या भएकाे अवस्थामा उपलब्ध सुविधाका आधारमा अवतरणका लागि सजिलो हुने भएकाले काठमाडौँ फर्किएको बताए। संवेदनशीलताका कारण विमानस्थलमा एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिएको थियो।

यसअघि सोमबार बिहानै बुद्ध एयरको अर्को विमानमा पनि समस्या आएको थियो। पोखराका लागि उडेको विमानको ककपिटमा धुँवा निस्केपछि आपतकालीन अवतरण गरिएको छ।

Next Post

जिल्लाद्धारा नवनिर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन

११ आश्विन २०७८, सोमबार १५:२६
दैलेख। नेपाली काग्रेस दैलेखको आयोजनमा नबनिर्बाचित पदाधिकारिलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन भएको छ। उक्त कार्यक्रममा नेपाली काग्रेसको १४ औँ महाधिवेशनलाई कसरी सम्पन गर्ने तथा कुन पुस्तालाई नेत्तुत्व दिने बारेमा छलफल भएको छ। उक्त बधाई तथा शुभकामना कार्यक्रमा बोल्दैे गुराँस गाँउपालिकाका अध्यक्ष खेमराज ओली ले “हाल सम्म अवसर प्राप्त नगरेका […]