भारत र पाकिस्तानबीच संयुक्त राष्ट्रसंघीय महासभामा चर्काचर्की

  ।   ९ आश्विन २०७८, शनिबार १४:३०

एजेन्सी।भारत र पाकिस्तानबीच संयुक्त राष्ट्रसंघीय महासभामा चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लिमरहित मुलुक बनाउन खोजेको आरोप लगाएपछि चर्काचर्की भएको हो ।

सयुक्त राष्ट्रसंघमा पाकिस्तानले बारम्बार भारतको आलोचना गर्दै आएको छ । तर यसपालिको बैठकमा खानले गरेको भाषण अलि आक्रामक थियो । किनभने उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘भारतलाई मुस्लिममुक्त’ बनाउने अभियानमा लागेको आरोप लगाएका थिए ।

‘इस्लामोफोबिया (इस्लामप्रतिको घृणा, डर वा पूर्वाग्रह) को सबैभन्दा खराब र व्यापक प्रवृत्तिररुपले यतिबेला भारतमा राज गरेको छ’, कोभिडसम्बन्धी सावधानीका कारण भिडियोमार्फत् गरिएको सम्बोधनमा खानले भनेका थिए, ‘फासीवादी आरएसएस(विजेपी सत्ताले घृणाले भरिपूर्ण हिन्दूत्वको विचारधारामार्फत् २० करोड भारतीय मुस्लिम समुदायविरुद्ध डर र हिंसाको राज गरिरहेको छ ।’

खानले मोदीको भारतीय जनता पार्टी र एक शताब्दीअघि अर्थसैन्य दस्तासहित हिन्दू पुनर्जागरण आन्दोलन सुरु गरेको राष्ट्रिय स्वयंसेवक संघप्रति संकेत गर्दै उक्त भाषण गरेका हुन् ।

मोदीको कार्यकालमा भारतको एक मात्र मुस्लिम बाहुल्य क्षेत्र काश्मिरले पाउँदै आएको विशेष राज्यको हैसियत खारेज भएको छ । मोदी सरकारको उक्त कदमको पाकिस्तानले विरोध गर्दै आएको छ ।

मोदीले ह्वाइट हाउसमा भेटघाट गर्ने दिनमा नै बैठकलाई सम्बोधन गरेका खानले व्यापारिक स्वार्थका कारण ‘पूर्ण दण्डहीनतासहित’ भारतले मानव अधिकार हननका घटनाबाट उम्किएको बताएका थिए ।

भारतले विश्व मञ्चमा प्रायस् पाकिस्तानको अभिव्यक्तिलाई बेवास्ता गर्दै आएको छ । तर शुक्रबार भने राष्ट्रसंघका लागि युवा भारतीय कुटनीतिज्ञ एवं भारतीय मिसनकी प्रथम सचिव स्नेहा दुबेले खानलाई कडा जवाफ दिएकी थिइन् । उनले पाकिस्तानमाथि अलकायदाका मास्टरमाइण्ड एवं अमेरिकी विशेष फौजको कारबाहीमा अबोटावादमा मारिएका ओसामा बिन लादेनलाई आश्रय दिएको र जयजयकार गरेको आरोप लगाएकी थिइन् ।

 

Next Post

दैलेखमा एक जनाको अरिङ्गालको टोकाइबाट मृत्यु

९ आश्विन २०७८, शनिबार १४:३०
दैलेख।जिल्लाको ठाँटीकाँध गाउँपालिका ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भीर घाइते भएका […]