त्रिशूली नदिमा कार खस्यो, तीन बेपत्ता, एक घाइते

  ।   ८ आश्विन २०७८, शुक्रबार १२:१२

चितवन।जिल्लाको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्। बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन्। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स  शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ।

कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ। कारसहित उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Next Post

वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी माधव नेपालको पार्टीमा

८ आश्विन २०७८, शुक्रबार १२:१२
काठमाडौँ।वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन्।लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट राजनीति गर्ने भएकी हुन्। एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ। लीमा यसअघि […]