दशैँँ,तिहारको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले छुटमा खाद्यान्न विक्रीवितरण गर्ने

  ।   ८ आश्विन २०७८, शुक्रबार ११:५६

धन बहादुर भण्डारी


हुम्ला। महानचार्डपर्व लाई लक्षित गरी दसैं तिहार र छठ पर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले ग्राहकलाई खाद्यान्न छुटमा बिक्री बितरण गर्ने भएको छ ।

लिमिटेड सिमकोट शाखा प्रमुख कृष्ण प्रसाद अधिकारीका अनुसार “जिल्लामा पहिलो पटक दसैं तिहार र छठको अवसर पारी छुटमा खाद्यान्न बिक्री बितरण गर्न लागिएको बताएका छन्” । हरेक वर्ष दसैं तिहार जस्ता चाडपर्वमा लिमिटेड बाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्न निर्देशन आउने गरेता पनि यस अघि कहिल्यै पनि छुटमा खाद्यान्न बिक्रि बितरण गर्ने गरिएको थिएन ।

अधिकारीका अनुसार यसका लागि केन्द्रबाट दुई हजार तीन सय क्वीन्टल खाद्यान्नमा छुट दिने परिपत्र अनुसार असोज १४ गते प्रतिक्वीन्टल पाँच सय रुपियाँ छुटमा बिक्री गर्न लागिएको समेत जानकारी दिएका छन् । जिल्लाका अन्य डिपो तथा बिक्री केन्द्रहरुमा भने स्थायी कर्मचारी नभएको कारण उक्त छुटको खाद्यान्न बिक्री नगर्ने भएको छ ।

Next Post

त्रिशूली नदिमा कार खस्यो, तीन बेपत्ता, एक घाइते

८ आश्विन २०७८, शुक्रबार ११:५६
चितवन।जिल्लाको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्। बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ […]

सम्बन्धित