सिम्ता गाउँपालिकाको बजेडी चौरमा बस दुर्घटना: १२ जना घाइते

  ।   ६ आश्विन २०७८, बुधबार १३:३५

सुर्खेत। जिल्लाको सिम्ता गाउँपालिका–४ बजेडी चौरमा आज बिहान करिव १०ः२५ मा बस दुर्घटनामा परेको छ । सिम्ता गाउँपालिकाको देउली बजारबाट जामुने आउँदै गर्दा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खसेको थियो । उक्त बसमा सवार २४ जना यात्रु मध्य १२ जना घाइते भएका छन् । भने अन्य १२ जना समान्य घाइते भएका छन् । घाइतेहरूको मेहलकुना अस्पतलामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Next Post

दशैँँ,तिहारको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाले छुटमा खाद्यान्न विक्रीवितरण गर्ने

६ आश्विन २०७८, बुधबार १३:३५
धन बहादुर भण्डारी हुम्ला। महानचार्डपर्व लाई लक्षित गरी दसैं तिहार र छठ पर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले ग्राहकलाई खाद्यान्न छुटमा बिक्री बितरण गर्ने भएको छ । लिमिटेड सिमकोट शाखा प्रमुख कृष्ण प्रसाद अधिकारीका अनुसार “जिल्लामा पहिलो पटक दसैं तिहार र छठको अवसर पारी छुटमा खाद्यान्न बिक्री […]