परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

  ।   ६ आश्विन २०७८, बुधबार १३:०४

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।’

परराष्ट्रमन्त्रीमा नियुक्त खड्काको शपथ बुधबार नै हुनेछ।सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा। खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो।

Next Post

सिम्ता गाउँपालिकाको बजेडी चौरमा बस दुर्घटना: १२ जना घाइते

६ आश्विन २०७८, बुधबार १३:०४
सुर्खेत। जिल्लाको सिम्ता गाउँपालिका–४ बजेडी चौरमा आज बिहान करिव १०ः२५ मा बस दुर्घटनामा परेको छ । सिम्ता गाउँपालिकाको देउली बजारबाट जामुने आउँदै गर्दा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस सडकबाट करिब १५ मिटर तल खसेको थियो […]