विद्युती​य पासोमा परी ३ जनाको मृत्यु

  ।   २ आश्विन २०७८, शनिबार १४:२२
साकेतिक फाटो
साकेतिक फाटो

बर्दिया। जिल्लाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा शुक्रवार राति धान खेतमा जंगली जनावर धपाउन बिछाएको विद्युतीय पासोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको गएराती १२ बजेको समयमा विद्युतीय पासोमा परि मृत्यु भएको वर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।

हामीलाई राती १ बजेतिर मात्रै थाह भएको हो , एसपी कार्कीले भने, धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई हामीले नियन्त्रणमा लिएका छौं ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायले बताए । स्थानीयका अनुसार धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पु¥याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो । घटनाको ईलाका प्रहरी कार्यालय भुरिगाउँले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Next Post

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

२ आश्विन २०७८, शनिबार १४:२२
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम […]