रेल सञ्चालन सम्बन्धमा अझै अन्याैल, त्रिपालमुनि बित्यो रेलको एक वर्ष

  ।   २ आश्विन २०७८, शनिबार १३:३९

धनुषा। गत वर्ष असोज २ गते नेपालको झण्डाको रंगमा सजिएको दुई सेट रेल जनकपुरधाम आएको थियो। रेल जनकपुरधाममा आउने सुनेपछि कोरोनाको कहरबीच स्थानीय हजारौँ संख्यामा रेल्वे स्टेसनमा उपस्थित थिए।

जनकपुरधाम रेल्वे स्टेसनमा मात्र नभई बाटोमा पर्ने हरेक स्टेसनमा स्थानीय मेलाझैँ भीड गरेर बिहानैदेखि कुरेर बसेका थिए। तर तिनीहरूको रेल चढ्ने सपना अझै पूरा हुन सकेन।तर, रेल आएको एक वर्ष बितिसक्दा पनि रेल सञ्चालन हुने काँटछाँट देखिएको छैन।

पछिल्लो एक वर्षदेखि दुई सेट रेल धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा स्टेसनमा त्रिपालमुनि छोपिएर राखिएको छ।वर्षा, हावा–हुरीको कारण त्रिपालसमेत च्यातिसकेको छ भने रेल्वेको पार्टपुर्जामा खिया लाग्न थालेको छ, अझ कहिले सञ्चालनमा आउने कुनै ठेगान छैन।

Next Post

विद्युती​य पासोमा परी ३ जनाको मृत्यु

२ आश्विन २०७८, शनिबार १३:३९
बर्दिया। जिल्लाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा शुक्रवार राति धान खेतमा जंगली जनावर धपाउन बिछाएको विद्युतीय पासोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको गएराती १२ बजेको समयमा विद्युतीय पासोमा परि मृत्यु भएको […]