२५ बर्सिय मुना रानाद्रारा शिक्षक बिसि को हत्या गरेको स्वीकार

  ।   ३० भाद्र २०७८, बुधबार १९:४८

दैलेख। जिल्लाको गुरास गाउँपालिका वाड न ८ का शिक्षकको हत्याको मुख्य कारण व्यक्तिगत रिसिवी भएको खुलेको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको ब्यक्तिगत  रिसिइवीका कारण घाँटी रेटेर हत्या गरेको एक महिलाले स्वीकार गरेकी छ्न  ।

घटनालगत्तै मंगलबार अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारको कमाण्डमा टोली छोटेपोखरा पुगेको थियो । टोलीले गरेको अनुसन्धानका क्रममा आठ जना शंकास्पद व्यक्तिलाई प्रहरीले अनुसन्धानमा सदरमुकाम लगेको थियो ।

तर अनुसन्धानका क्रममा गुराँस गाउँपालिका–८ छोटेपोखराकी २५ वर्षीय मुना रानाले शिक्षक विसीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए ।

 

Next Post

रेल सञ्चालन सम्बन्धमा अझै अन्याैल, त्रिपालमुनि बित्यो रेलको एक वर्ष

३० भाद्र २०७८, बुधबार १९:४८
धनुषा। गत वर्ष असोज २ गते नेपालको झण्डाको रंगमा सजिएको दुई सेट रेल जनकपुरधाम आएको थियो। रेल जनकपुरधाममा आउने सुनेपछि कोरोनाको कहरबीच स्थानीय हजारौँ संख्यामा रेल्वे स्टेसनमा उपस्थित थिए। जनकपुरधाम रेल्वे स्टेसनमा मात्र नभई बाटोमा पर्ने हरेक स्टेसनमा स्थानीय मेलाझैँ भीड गरेर बिहानैदेखि कुरेर बसेका थिए। तर तिनीहरूको रेल चढ्ने […]