दैलेखमा नेपाली काँग्रेसको जिल्ला नेतृत्वका लागी युवा पुस्ताको होडबाजी

  ।   २९ भाद्र २०७८, मंगलवार १७:००

दैलेख। नेपाली काँग्रेस दैलेखको लगभग वार्ड तहको अधिवेशन सम्पन भए लगतै पालिका तह सगै जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सभापतिमा अधिकांस युवा नेता आकांक्षी देखिएका छन ।करिब जिल्लामा आधा दर्जन नेता आकांक्षी भएपनि युवाहरु हावी हुने संकेत देखिएको छ ।

आकांक्षीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेताहरु छलफलमा लागेका छन। वडा, गाउँपालिका र प्रदेश क्षेत्रस्तरीय समितिमा आफ्नो पकड कायम राख्नका लागि दौडधुप निकै बढाएका छन । पार्टी सभापतिका लागि धेरैको चर्चा चले पनि दुइजना युवा नेताको नाम चर्चाको शिखर मा रहेकाको छ ।

पौडेल पक्षबाट खेमराज ओलीको नाम चर्चामा छ। उहा गुराँस गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ।भने देउवापक्ष बाट घनश्याम भण्डारी आकांक्षी देखिनुभएको छ । उहा दुल्लु नगरपालिकाको मेयर हुनुहुन्छ ।भने यसैगरी, वहालवाला पार्टी सचिव भुपेन्द्रबहादुर शाही, मणिराम रेग्मी, गणेश उपाध्याय सभापतिको आंकाक्षी देखिएका छन ।

दैलेखको पार्टीको नेतृत्व युवाहरुलाई दिनुपर्ने अधिकाश पार्टी पन्तीको माग रहेको छ । वडामा युवाहरु हावी हुन थालेपछि युवा नेतृत्व देखिन थालेको छ। समीकरण हेर्दा पौडेल पक्षकाको सम्भावना बलियो नै देखिन्छ । तर पौडेल पक्षबाट उमेद्वारका आंकाक्षी धेरै देखिएका छन । अहिलेसम्म पार्टी सभापति क्षेत्र नं १ का नेताहरुले लिने गरेका छन । हालका सभापति कृष्णकुमार बीसी पौडेल निकट नेता हुनुहुन्छ ।

Next Post

चामुण्डाबिन्द्रासैनीमा ५९ वर्षिय महिला मृत फेला

२९ भाद्र २०७८, मंगलवार १७:००
दैलेख। जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ५ कार्किडाँडाको जगलमा भुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मंगलबार बिहान करिब ९ः४५ बजे महिलाको काफलको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको जनाएको छ । मृतक महिला चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ४ बस्ने तर्क बहादुर शाहीकी श्रीमती […]