दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या,

  ।   २९ भाद्र २०७८, मंगलवार १५:०८

दैलेख। जिल्लाको गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ । गुराँस गाउँपालिका–छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको गएराती घाँटी रेटेर हत्या गरिएको हो । झण्डै ४१ वर्षीय विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने गरेका थिए ।

विसीलाई लखेटेर स्कुलमा पुगेपछि घाँटी रेटेर हत्या गरेको हुन सक्ने आशन्का गरिएको छ। विसी गएराति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको र त्यसपछि घटना भएको हुनसक्ने  अनुमान छ । ‘प्रहरी पनि अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ।किराना पसलका सञ्चालक र एक अन्य युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । छोटेपोखरामा प्रहरीले खान तलासी गरिसकेको छ ।’

आज विहान दुध पु¥याउन आएका स्थानीयहरुले स्कुलको बराण्डामा शव देखेपछि प्रहरीलाई खवर गरेको थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको र केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताए । ‘घटनाबारे विस्तृत विवरण हामी साँझसम्म सार्वजनिक गर्छौं,’ प्रमुख श्रेष्ठले भने, ‘प्रहरी निरीक्षकको कमाण्डमा टोली छोटेपोखरमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढासकेको छ ।@नेपालीरैवारबाट सभार

Next Post

दैलेखमा नेपाली काँग्रेसको जिल्ला नेतृत्वका लागी युवा पुस्ताको होडबाजी

२९ भाद्र २०७८, मंगलवार १५:०८
दैलेख। नेपाली काँग्रेस दैलेखको लगभग वार्ड तहको अधिवेशन सम्पन भए लगतै पालिका तह सगै जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सभापतिमा अधिकांस युवा नेता आकांक्षी देखिएका छन ।करिब जिल्लामा आधा दर्जन नेता आकांक्षी भएपनि युवाहरु हावी हुने संकेत देखिएको छ । आकांक्षीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेताहरु छलफलमा लागेका […]