पेरुका क्रान्तिकारी नेता अबिमाइल गुज्मनको निधन

  ।   २७ भाद्र २०७८, आईतवार १०:५५

एजेन्सी।पेरुका क्रान्तिकारी नेता अबिमाइल गुज्मनको निधन भएको छ । उनी पेरुको क्रान्तिकारी समूह शाइनिङ्ग पाथका नेता तथा संस्थापक हुन् ।दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुज्मनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनले सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए ।

गएको जुलाईमा उनलाई स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि उनलाई उच्च सुरक्षाको जेलबाट अस्पताल लगिएको थियो ।पेरुमा एक दशक भन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबिच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएको वा बेपत्ता भएका थिए ।

गुज्मन पक्राउ परेपछि शाइनिङ्ग पाथलाई गम्भीर धक्का लागेको थियो । तर अझै पनि सो समूहका केही सदस्यहरु सक्रिय छन् । गज्मनको जन्म पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा भएको थियो ।

आमाको निधन भएपछि उनलाई एक धनी व्यक्तिले हुर्काएका थिए । हुर्किने क्रममा उनले सबै सुविधा पाएका थिए । विश्वविद्यालयमा रहँदा उनी मार्क्सको सिद्धान्तमा आकर्षित भए । सन् १९६२ उनी स्थानीय विश्वविद्यालयमा दर्शनशास्त्रको प्राध्यापक बने ।सन् १९६५ को चीन भ्रमणको क्रममा कम्युनिष्ट नेता माओबाट उनी प्रभावित भए । सन् १९६९ मा अरु ११ जनासँग मिलेर उनले शाइनिङ्ग पाथको स्थापना गरेका थिए ।

Next Post

राप्रपा निकट युवाहरुद्धारा एमसीसीविरुद्ध प्रदर्शन

२७ भाद्र २०७८, आईतवार १०:५५
काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ।राप्रपा निकट युवाहरुले सोमबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले एमसीसी खारेज गर्न माग गरेका छन्। एमसीसी नेपालको हितमा नभएको भन्दै राप्रपाले प्रदर्शन गरेको हो।पछिल्लो समय विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघ संगठनहरुले एमसीसीको विरोधमा […]