एमसिसी उपाध्यक्ष सुमार र प्रचण्डबीच भेटवार्ता,

  ।   २५ भाद्र २०७८, शुक्रबार ११:३४

काठमाडौँ ।नेपाल भ्रमणमा रहेकी अमेरिकी सहायता परियोजना (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।प्रचण्डलाई भेट्न सुमारसहितको एमसिसी प्रतिनिधिमण्डल शुक्रबार बिहान खुमलटार पुगेको थियो।

भेटमा माओवादी अध्यक्ष प्रचण्डले एमसिसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएको उनको सचिवालयले जनाएको छ।भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाब दिनका लागि नभई एमसिसीबारे स्थिति बुझ्न आएको बताएको उल्लेख छ। यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै सुमारले सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको बताएकी छन्।

Next Post

पेरुका क्रान्तिकारी नेता अबिमाइल गुज्मनको निधन

२५ भाद्र २०७८, शुक्रबार ११:३४
एजेन्सी।पेरुका क्रान्तिकारी नेता अबिमाइल गुज्मनको निधन भएको छ । उनी पेरुको क्रान्तिकारी समूह शाइनिङ्ग पाथका नेता तथा संस्थापक हुन् ।दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुज्मनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनले सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए । गएको जुलाईमा उनलाई स्वास्थ्य समस्या देखिएको […]