‘समानता,सहअस्तित्वको आवाज जागरुक बनाउने अवसरका रुपमा तिजलाई लिन’: मुख्यमन्त्री शाहीको आग्रह

  ।   २४ भाद्र २०७८, बिहीबार १२:५१

सुर्खेत।कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले २०७८ सालको तिज पर्वको शुभकामना संदेश दिदैँ सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य एवं दिर्घायुको शुभकामना व्यक्त गरेका छन।यस तिजलाई महिलाको हक अधिकार,समानता,सहअस्तित्वको आवाज जागरुक बनाउने अवसरका रुपमा पनि लिन अनुरोध गरेका छन।

हरितालिका तिज पर्व २०७८को शुभकामना सन्देश दिदै मुख्यमन्त्रि शाहिले तिजलाई, परम्परागत ,अन्धविश्वासका आधारमा नभई महिलाको स्वतन्त्रता,दिदिबहिनीको भेटघाट र सुख,दु:ख एकतासहित अघि बढ्न प्रेरित गरेका छन।तिज पर्वका नाममा हुने आर्थिक ,सामाजिक,र साँस्कृतिक विकुतिहरुप्रति सवै सचेत रहनु पर्ने संदेश दिएका छन।

नोबेल कोरोना भाइरस को संकटबाट अझै पनि हामी मुक्त हुन सकेका छैनौ ,त्यसैले संक्रमणबाट आफु बच्न र अरुलाई बचाउन घरमै बसेर तिजको खुशियाली मनाउन सम्पुर्ण दिदिबहिनीहरुलाई मन्त्रि शाहीद्धारा जारी शुभकामना संदेशमा अनुरोध गरिएको छ।

Next Post

एमसिसी उपाध्यक्ष सुमार र प्रचण्डबीच भेटवार्ता,

२४ भाद्र २०७८, बिहीबार १२:५१
काठमाडौँ ।नेपाल भ्रमणमा रहेकी अमेरिकी सहायता परियोजना (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।प्रचण्डलाई भेट्न सुमारसहितको एमसिसी प्रतिनिधिमण्डल शुक्रबार बिहान खुमलटार पुगेको थियो। भेटमा माओवादी अध्यक्ष प्रचण्डले एमसिसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएको उनको सचिवालयले […]