एमसीसी उपाध्यक्ष सुमार:काठमाडौं

  ।   २४ भाद्र २०७८, बिहीबार ११:२८

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौं आइपुगेकी छन्। कतारबाट काठमाडौं आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन्।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो। यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट ५० अर्ब सहयोग प्राप्त हुने छ। यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन्। @lokpati

Next Post

'समानता,सहअस्तित्वको आवाज जागरुक बनाउने अवसरका रुपमा तिजलाई लिन': मुख्यमन्त्री शाहीको आग्रह

२४ भाद्र २०७८, बिहीबार ११:२८
सुर्खेत।कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले २०७८ सालको तिज पर्वको शुभकामना संदेश दिदैँ सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य एवं दिर्घायुको शुभकामना व्यक्त गरेका छन।यस तिजलाई महिलाको हक अधिकार,समानता,सहअस्तित्वको आवाज जागरुक बनाउने अवसरका रुपमा पनि लिन अनुरोध गरेका छन। हरितालिका तिज पर्व २०७८को शुभकामना सन्देश दिदै मुख्यमन्त्रि शाहिले तिजलाई, परम्परागत ,अन्धविश्वासका आधारमा नभई महिलाको स्वतन्त्रता,दिदिबहिनीको […]

सम्बन्धित