कर्णाली करिडोरको आम्तडामा जिप दुर्घटना हुदा चालकको घटनास्थमै मृत्यु ,११ जना घाइते

  ।   १३ भाद्र २०७८, आईतवार १४:१२

कालिकोट। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वार्ड न २ आम्तडामा जिप दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ। ११ जना घाइते भएका छन। मानसरोवर रारा यातायताको क १ ज २३ नम्वरको जिप दुर्घटना भएको हो ।जिप चालक सान्नी त्रिवेणी वार्ड १ का विक्रम गिरीको मृत्यु भएको छ ।

घाइते ११ जनालाई हेलिकप्टरबाट थप उपचारका लागी कालिकोटको सदरमुकामको जिल्ला अस्पतालमा लिने र घाइतेको प्रकृतिहेरी थप उपचारको व्यवस्था मिलाउने तयारी भई रहको कालिकोट जिल्ला प्रमुख अधिकारी कृष्ण प्रसाद आर्चायले जानकारी दिए। प्रारभिक जानकारी अनुसार उकालोमा बे्रक फेल भएर दुर्घटना भएको हुन सक्ने र थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलयका कालिकोटका सुचना अधिकारी भुपेन्द्र शाहीले हिमाली प्रेसलाई जानकारी दिए।

 

Next Post

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट प्रधानन्यायाधीश राणाको इजलासमा

१३ भाद्र २०७८, आईतवार १४:१२
  काठमाडौँ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा तोकिएको छ ।पेशी आइतबारका लागि तोकिएको हो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया गएको शुक्रबारदेखि सुरु भएको छ । आगामी मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन […]

सम्बन्धित