कक्षा १२ को परीक्षा भौतिक रुपमै लिने व्यवस्था गर्न निर्देशन

  ।   ८ भाद्र २०७८, मंगलवार १४:३२

काठमाडाैँ ।संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रुपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरि कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

कोभिडविरुद्धको खोप लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटो भन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरुमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ।

समितिकी सभापति घर्तीले भनिन्, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो । छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गर्नु पर्‍यो । विद्यार्थीहरु खोप नलगाउने, छुटने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न। यस्ता विषयलाई पनि ख्याल गरेर यो सबै व्यवस्था मिलाएर छिटो भन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु।’

समितिले ट्युसन फि मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। बैठकमा समितिका सदस्यहरुले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा संचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका थिए।

समितिकी सदस्य एवम् प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाई कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरिन्।

उनले दुवै खोपको व्यवस्था गरि विद्यार्थीहरुलाई जोखिम नहुने गरि परीक्षाको तयारी गर्न पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औँल्याइन्।समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले कोभिडविरुद्धको दुवै डोज खोपको व्यवस्था गरेर छिटो कक्षा १२ को परीक्षा लिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए। उनले विद्यार्थीहरुले परीक्षा दिन पाउने व्यवस्था मिलाउन सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।

 

Next Post

भाडा तिर्न ऋण खोज्दा खोज्दै गयाे शिशुको ज्यान

८ भाद्र २०७८, मंगलवार १४:३२
दैलेख । दैलेखमा एम्बुलेन्सलाई भाडा तिर्न ऋण खोज्दा खोज्दै शिशुको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रले प्रदेश अस्पताल सुर्खेत रेफर गरेको शिशु लैजान गाउँपालिका र स्वास्थ्य संस्थाले सञ्चालन गरेको एम्बुलेन्स जान नमानेपछि शिशुकाे ज्यान गएको हाे । स्वास्थ्य केन्द्र लगिएकी शिशुलाई गम्भीर निमोनिया देखिएपछि स्वास्थ्यकर्मीले सुर्खेत रेफर […]