सुनगाभा दुग्ध चिस्यान उद्घाटन कार्यक्रम सम्पन

  ।   १ भाद्र २०७८, मंगलवार १७:३६

दैलेख। जिल्लाको गुराँस गाउँपालिका ६ पिलाडीमा रहेको सुनगाभा साना किसान कृषि सहकारी संस्थाद्धारा संञ्चालित सुनगाभा दुग्ध चिस्यान केन्द्रको आज कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कूर्मराज शाहीले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको छ ।

पशु पालन तथा पशु सेवा कार्यालय दैलेखको २० लाख ,गुराँस गाउँपालिकाको ५ लाख र सुनगाभा साना किसान सहकारी संस्था लिमिटेडको ६ लाख ५० हजार गरि कुल ३१ लाख ५० हजारको आर्थिक सहयोगमा उक्त चिस्यान केन्द्र संञ्चालन गर्ने लागिएको हो ।

उक्त उद्घाटन समारोहमा बोल्दै गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीले ‘गुराँस गाउँपालिका बाहेक अन्य पालिकाबाट गाई भैसी खरिद गरि पालिका किसानले ल्याएको खण्डमा रु ५ हजार ढुवानी खर्च र भकारो सुधार पालिकाले दिने एक कार्यक्रमका बिच घोषणा गर्नु भयो।

त्यसतै कार्यक्रमका प्रमुख अतिथि भुमि तथा कृषि मन्त्री कूर्मराज शाहीले; किसान भन्ने बितिकै लाज मान्नु नपर्ने र किसान लाई अन्नदाताको रुपमा लिन सकिने र नेपाल एक कृषी प्रधान देश भएकोले अव सवै मिलेर कृषिमा क्रान्ती ल्याउनु पर्ने र अव राजनितीक क्रान्ती भन्दा आर्थिक समृद्धिको क्रान्ती तर्फ उन्मुख हुनु पर्ने यो सवै कृषिबाट मात्रै सम्भव रहेकोले तपाई हामी सवैले जिवनमुखी खेतीलाई त्यागेर व्यवसायी खेती तर्फ जोड दिए ।

उक्त  कार्यक्रममा राजनिति दलका नेता कार्यकर्ता ,विभिन्न कार्यालयका प्रमुख प्रतिनिधि सुरक्षाकर्मि ,किसान पत्रकार लगाएको सहभागी रहेको र उक्त कार्यक्रम संस्थाका अध्यक्ष गणेश बहादुर वि सीको सभाअध्क्षतामा सम्पन भएको छ ।

Next Post

गाईभैँसी खरिद गर्ने किसानलाई ५ हजारको ढुवानी अनुदान

१ भाद्र २०७८, मंगलवार १७:३६
दैलेख। जिल्लाको गुरासँ गाउँपालिकाले  बाहिरबाट गाई भैंसी खरिद गरी ल्याउने किसानलाई ढुवानी अनुदान दिने भएको छ । गाउँपालिकाका किसानलाई व्यावसायीकरण आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले ढुवानी र भकारो सुधारका लागि अनुदान दिने भएको हो । गुराँस गाउँपालिका वडा नं ६ पिलाडीमा रहेको सुनगाभा साना किसान कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको सुनगाभा […]

सम्बन्धित