पाकिस्तानको कराँची शहर नजिकै भएको ग्रेनेड हमलामा १२ जनाको मृत्यु

  ।   ३१ श्रावण २०७८, आईतवार १२:३४

एजेन्सी।पाकिस्तानको कराँची शहर नजिकै भएको ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन्।एक मिनी ट्रकमा भएको ग्रेनेड हममामा एकै परिवारका १२ जनाको मृत्यु भएको हाे ।

बलदिया क्षेत्रमा भएको यो घटनालाई सुरुमा सिलिन्डर विष्फोट भनिएको थियो तर कराँची प्रहरीका एक आतंकवाद विरुद्ध कार्यरत अधिकारीले ग्रेनेड हमला भएको बताए।उनले घटनास्थलमा एक बम फेला परेको र हमलाका लागि प्रयोग हुने अन्य सामानहरु पनि भेटिएको बताए।

प्रहरीका अनुसार विष्फोट स्थानीय तवरबाट बनाइएको बमबाट भएको छ र ट्रकमा बमका छर्रा तथा नट बोल्टहरुका केही निशानहरु फेला परेका छन्।घटनास्थलको निरीक्षणपछि उनले भनेका छन्, ‘यो एक आतंकी हमला हो, गुडिरहेको मोटरसाइकलबाट हमलाकारीले ट्रकमाथि ग्रेनेड प्रहार गरेका थिए।’

Next Post

माओवादीकाे केन्द्रीय कमिटीकाे बैठक आजै सम्पन्न गर्ने तयारी

३१ श्रावण २०७८, आईतवार १२:३४
काठमाडौँ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले आइतबार नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको छ।आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको हो। बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए […]